• मधेश प्रदेश सरकार

    भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

    पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

    रौतहट, गौर


    कार्य विवरण

    १ ।    उपलब्ध श्रोत पुर्वाधार तथा पहुचको आधारमा व्यवसायीक मत्स्य÷पशुपंक्षी पालनको लागि कृषक समूह÷समिति सहकारी मार्फत मत्स्य तथा पशुपंक्षी विकासका कार्यक्रमहरुलाई पकेट प्याकेजको रुपमा संचालन गर्दै आइएकोछ ।

    २ ।    मत्स्य तथा पशुपंक्षी सेवा कार्यक्रममा उन्नत प्रविधी तथा सेवालाई समस्त कृषक वर्गमा पु¥याउन समूह÷समिति÷सहकारी मार्फत कृषकहरुको क्षमता अभिवृद्धि, अभिमूखीकरण विभिन्न तालिम, भ्रमण, गोष्ठि लगायत जनचेतना मुलक कार्यक्रमहरु सम्बन्धित सरोकारवालाहरुसँग सहकार्य गरी संचालन गर्दै आएको छ ।

    ३ ।    उत्पादित मत्स्य÷पशु पंक्षी तथा पशु जन्य पदार्थहरुको विविधीकरण, बजार विकास तथा विस्तारको लागि सम्बन्धित कृषक, उधमी, सहकारी संस्थासँग सहकार्य गरी उपलब्ध प्रविधिको प्रयोग र संचालन गर्दै आइरहेको छ ।

    ४ ।    स्थानीय नश्लका पशुहरुको बाहुलयतालाई उन्नत नश्लका पशुहरुले प्रतिस्थापन गर्न कृत्रिम गर्भाधान कार्यक्रमलाई अभियानको रुपमा जिल्ला भरमा संचालन गरी राखेको छ ।

    ५ ।    मत्स्य तथा पशुपंक्षीजन्य पदार्थको बजारीकरणको लागि विभिन्न माछा पसल, दुध उत्पादन सहकारीहरु, डेरी उधोग, मासु पसल, व्यवस्थित पशु वधस्थल, पशु हाटबजारको स्तरीयकरण गर्न सम्बन्धित सरोकारवालाहरुसँग साझेदारी गरी सो सम्बन्धि पूर्वाधार विकासका कार्यक्रमहरु संचालन गरि राखेको छ ।

    ६ ।   सहकारी खेतीको अवधारणालाई व्यवसायीक रुपमा माछा पालन,बाखा्र पालन, कुखुरा पालन, बँगुरपालन संचालन गरी जिल्लालाई उन्नत माछा,बाखा्र तथा बँगुर श्रोत केन्द्रको रुपमा विकास गरिएको छ ।

    © 2020 Copyright : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रौतहट, गौर
    Last Updated: 2021/04/16
    Developed By: Ninja Infosys Pvt. Ltd.