• मधेश प्रदेश सरकार

    भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

    पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

    रौतहट, गौर


    परिचय

      वि ।सं । २०३९ साल देखि पशु चिकित्सालय स्थापना भई पशु विकासका साथै पशु स्वास्थ्य सम्वन्धिका विभिन्न कार्यक्रमहरु गर्दे आएको पाइन्छ । सो भन्दा पहिले चेकपोष्टको रुपमा स्थापना भएको र पछि आएर जिल्ला पशु सेवा कार्यालय र हाल भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको रुपमा स्थापना भई कृषकहरुलाई निर्वाह मुखि पशुपंक्षी तथा मत्स्य पालन व्यावसायबाट अग्रसर गराई आय आर्जन र व्यावसायमुखि कार्यक्रमको रुपमा प्रभावकारी ढंगवाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । हाल यस कार्यालयले जिल्ला भरी व्यापकता पाई विभिन्न समूह ÷समिति ÷संस्थामा आवद्ध भई कृषकहरु वढी भन्दा वढी सहभागी भएको अवस्था विद्यमान छ ।

    उदेश्य

    दिर्घकालिन उद्देश्य
    रौतहट जिल्लाको मत्स्य पालन तथा पशुपंक्षी पालन व्यसायलाई आय मुलक तथा सम्मानित पेशाको रुपमा विकास गरी समय सापेक्ष मत्स्य तथा पशुपंक्षी जन्य पदार्थको उत्पादन, व्यवसायीकरण एवं विविधीकरण गरि पशुपंक्षी  तथा मत्स्य पालनबाट राष्ट्रिय उत्पादनमा योगदान पु¥याउने यस विज्ञ केन्द्रको दिर्घकालिन उद्देश्य रहेको छ ।

    अल्पकालिन उद्देश्य

    १ ।    उन्नत र दिगो मत्स्य तथा पशुपंक्षी पालनको लागि उपलब्ध श्रोत साधनको सदुपयोग गरि कृषकहरुको ज्ञान, सिप र अवधारणामा परिवर्तन ल्याउने ।

    २ ।    जिल्लाको सम्भाव्यताको आधारमा विभिन्न पकेट क्षेत्रहरु निर्धारण गरी समूह÷समिति सहकारी मार्फत पकेट प्याकेज कार्यक्रमको रणनिती अनुरुप मत्स्य तथा पशुपंक्षीपालन व्यसायलाई व्यवस्थित रुपमा अगाडी बढाउने ।

    ३ ।    घाँस तथा कृषि उप–पदार्थमा आधारित सन्तुलित मत्स्य तथा पशुपंक्षी आहाराको आपुर्ति गरी मत्स्य तथा पशुपंक्षीमा हुने कुपोषण तथा न्यून पोषणलाई हटाइ कम लागतमा मत्स्य तथा पशुपंक्षी पालनबाट उत्पादन तथा उत्पादकत्वमा वृद्धि ल्याउने ।

    ४ ।    मत्स्य तथा पशुपंक्षी पालन व्यवसायलाई उन्नत, व्यवस्थित र व्यवसाय उन्मुख बनाउँदै लैजानको लागि उपलब्ध प्रमाणित प्रविधिको कृषकहरुमा व्यवहारमा उतार्न प्रसार प्रचार गरी विभिन्न कार्यक्रमहरु संचालन  गर्ने ।

    ५ ।    मत्स्य÷पशुपंक्षी जन्य पदार्थ तथा मत्स्य÷पशुपंक्षी उत्पादन सामाग्रीको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी अयात प्रतिस्थापन गर्ने ।

    ६ ।    मत्स्य÷पशुपंक्षी धनको संरक्षण तथा सम्बद्र्धनको लागि मत्स्य÷पशुपंक्षी रोगको नियन्त्रणको लागि विभिन्न प्रबद्र्धनात्मक कार्यक्रमहरु संचालन गर्ने ।

    ७ ।    पकेट क्षेत्रहरुमा उपयुक्त प्रजनन प्राणाली अपनाई उन्नत नश्लका मत्स्य÷पशुपंक्षीहरुको श्रोत केन्द्र स्थापना गर्ने ।

    ८ ।    स्थानीय गाई÷भैंसी÷बाख्रामा कृत्रिम गर्भाधान प्रविधिबाट नश्ल सुधार गराई उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउने 

    केन्द्रको जिम्मेवारी

    ..

    © 2020 Copyright : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रौतहट, गौर
    Last Updated: 2021/04/16
    Developed By: Ninja Infosys Pvt. Ltd.